गृहमन्त्रीको निर्देशनमा मधेस र कोशीमा ड्रोनमार्फत सुरक्षा निगरानी

गृहमन्त्रीको निर्देशनमा मधेस र कोशीमा ड्रोनमार्फत सुरक्षा निगरानी

देश दुनिया खबर
1 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । गृहमन्त्री सुधन गुरुङको निर्देशनपछि मधेस प्रदेश र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी थप कडा बनाइएको छ ।

गृह मन्त्रालयका अनुसार संवेदनशील क्षेत्रमा ड्रोनमार्फत सुरक्षा अनुगमनलाई तीव्र पारिएको छ । सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुतामा खलल पुर्‍याउने गतिविधि, अफवाह फैलाउने कार्य वा कानुनविपरीतका गतिविधिमा संलग्न व्यक्तिमाथि प्रमाणका आधारमा कानुनी कारबाही अघि बढाइने जनाएको छ ।

सुरक्षा निकायले शान्ति सुरक्षाको अवस्था कायम राख्न आवश्यक सतर्कता अपनाइएको बताएको छ ।

प्रशासनले नागरिकलाई संयमित रहन, सामाजिक सद्भाव कायम राख्न र कुनै पनि भ्रामक सूचना वा उक्साहटपूर्ण गतिविधिको पछि नलाग्न आग्रह गरेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय