भारतीय कुखुराको तस्करी रोक्नुपर्ने, बिचौलियाको चलखेल नियन्त्रण गर्नुपर्ने तथा नेपाली पोल्ट्री किसानको लगानी संरक्षण गर्नुपर्ने माग गर्दै पोल्ट्री किसानहरूले प्रदर्शन गरेका छन्।
काठमाडौंको माइतीघरमा गरेको प्रदर्शनमा चल्ला बोकेर सहभागी किसानहरूले भारतीय कुखुरा तथा कुखुराजन्य वस्तुको अवैध आयातले नेपाली पोल्ट्री व्यवसाय प्रभावित भएको भन्दै तत्काल तस्करी नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्।
उनीहरूले बिचौलियाका कारण किसानले उचित मूल्य नपाउने अवस्था रहेको भन्दै पोल्ट्री क्षेत्रमा किसानको लगानी सुरक्षित हुने गरी प्रभावकारी नीति तथा अनुगमनको व्यवस्था गर्नुपर्ने बताएका छन् ।
किसानहरूले नेपाली पोल्ट्री उद्योगलाई संरक्षण गर्दै उत्पादन लागतअनुसार उचित मूल्य सुनिश्चित गर्नुपर्नेमा समेत जोड दिएका छन् ।