देउवालाई प्रचण्डको चेतावनी– संविधानभन्दा दायाँबायाँ लाग्नुभयो भने आफैँ सकिनुहुन्छ

देउवालाई प्रचण्डको चेतावनी– संविधानभन्दा दायाँबायाँ लाग्नुभयो भने आफैँ सकिनुहुन्छ

देश दुनिया खबर
1 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

पुर्वप्रधानमन्त्रि एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानभन्दा बाहिर गएर अभिव्यक्ति नदिन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई सचेत गराएका छन्।

मंगलबार पार्टीको बागमती प्रदेश समितिको एकता बैठकमा उनले देउवाको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्।

देउवाले आइतबार इतर समूहद्वारा आयोजित भेलालाई समापन गर्ने क्रममा ‘म हिन्दु हुँ’ भन्ने अभिव्यक्ति दिएका थिए। उक्त भेलाले संविधानको मर्मविपरीत हिन्दु धर्मको पक्षपोषण हुने गरी निर्णयसमेत गरेको थियो।

देउवाको अभिव्यक्ति र कांग्रेस इतर समूहको पाँचबुँदे निर्णयतर्फ इङ्गित गर्दै प्रचण्डले संविधानविरोधी गतिविधि र अभिव्यक्ति नदिन सचेत गराएको जानकारी पार्टी नेता हिमाल शर्माले दिए।

बैठकमा प्रचण्डको भनाइ उद्धृत गर्दै शर्माले भने, ‘संविधानभन्दा दायाँबायाँ लाग्नुभयो भने तपाईं आफैँ सकिनुहुन्छ र देश पनि दुर्घटनामा पर्छ। आफैँले बनाएको संविधानविपरीत निर्णय र अभिव्यक्ति नदिनुहोला।’

प्रचण्डले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार संविधान, लोकतन्त्र र व्यवस्थाविपरीत अगाडि बढेको आरोप लगाउँदै सडक आन्दोलनका लागि तयार रहन कार्यकर्ताहरूलाई अपिल समेत गरे।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय