नवजात छोरीका नाममा १० हजार रुपैयाँको मुद्दती खाता खोलिदिने बागलुङ नगरपालिकाको घोषणा

नवजात छोरीका नाममा १० हजार रुपैयाँको मुद्दती खाता खोलिदिने बागलुङ नगरपालिकाको घोषणा

देश दुनिया खबर
1 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ नगरपालिकाले नवजात छोरीका नाममा १० हजार रुपैयाँको मुद्दती खाता उपहारस्वरूप खोलिदिने घोषणा गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ देखि सञ्चालनमा रहेको ‘नगरकी छोरी’ कार्यक्रमअन्तर्गत पाँच हजार रुपैयाँ प्रदान गरिएको थियो । आउँदो आर्थिक वर्षदेखि उक्त रकम दोब्बरले बढाइएको हो ।

हालैको नगरसभाबाट निर्णय पारित भएको जनाउँदै नगरप्रमुख वसन्तकुमार श्रेष्ठले आफ्नो पालिकामा जन्मिने छोरीका नाममा उक्त रकमको बैंक खाता खोलिने बताए ।

हालसम्म ३०० छोरीका नाममा पाँच हजारका दरले १५ लाख रुपैयाँ जम्मा गरिएको छ । जम्मा गरिएको उक्त रकम खातावाल छोरीको उमेर २० वर्ष नपुगेसम्म निकाल्न पाइँदैन ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय