नेकपा मुसिकोट नगर कमिटीले कोरोनाबाट सचेत रहन आग्रह गर्यो

नेकपा मुसिकोट नगर कमिटीले कोरोनाबाट सचेत रहन आग्रह गर्यो

देश दुनिया खबर
1 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।


विष्णु प्रसाद आचार्य, चैत्र २० । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) नगर कमिटी मुसिकोट गुल्मीले कोरोनाबाट सचेत रहन नगरबासीमा अनुरोध गरेको छ ।

नगरकमिटी अध्यक्ष खुम बहादुर थापा र सचिव अग्नीधर लोहोनीद्धारा विहिवार जारी गरिएको विज्ञप्तीमा विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसले भयावहको स्थिति सिर्जना गरेको भन्दै सावधानी अपनाउन नगरबासीहरुमा अनुरोध गरेको छ ।

विज्ञप्तीमा विश्व सामुनै चुनौती बनेको कोरोनाबाट नेपाल पनि उच्च जोखिममा रहेका भन्दै नेपालीहरु प्नि जागरुक र सतर्क रहन आग्रह गरिएको छ । साथै पार्टीले आफ्ना सम्पूर्ण नेता कार्यकर्ता, पार्टी सदस्य, समर्थक र सुवेच्छुकहरुलाई समेत सतर्क रहँदै राहत र उद्धारका लागि सेवा भावले तत्पर रहन आग्रह गरिएको छ ।

विज्ञप्तीमा नागरिककै सुरक्षाका लागि नेपाल सरकारले चालेका कदममा साथ दिन आग्रह समेत गरिएको छ ।

यस्तो लेखिएको छ विज्ञप्तीमा

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय