नेता पौडेल : संघीयताको सवालमा सरकारले लापरवाही गरिरहेको छ !

नेता पौडेल : संघीयताको सवालमा सरकारले लापरवाही गरिरहेको छ !

देश दुनिया खबर
1 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सङ्घीयताको सवालमा सरकारले लापरवाही गरिरहेको आरोप लगाएका छन् ।

कञ्चनपुरको भीमदत्तनगरमा बिहीवार आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘सरकारमा केन्द्रीकरणको प्रवृत्ति देखापरेको छ । शासकहरू केन्द्रीकृत मानसिकतामा देखिएकाले सङ्घीयतामा आँच आउने स्थिति आएको हो ।’ आफ्नो पार्टीलाई जात, क्षेत्र भूगोलको आधारमा नभई सिद्धान्तको राजनीतिमा ल्याउन आफू प्रयासरत रहेको उनले बताए ।

सोही कार्यक्रममा नेता पौडेलले एघार महिनाअघि कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन सरकारले सोही ठाउँबाट अनुसन्धान गर्न माग गरे ।

‘हत्यारा पत्ता नलाग्नु गम्भीर विषय हो,’ उनले भने, ‘अपराधी जोसुकै भए पनि कठघरामा उभ्याउनुपर्छ ।’ नेता पौडेलले बिहीवार बिहानै पन्तको घर पुगेर उनकी आमा दुर्गादेवीसँग भेट गरेका थिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय