बडिगाडमा अवैध बालुवा उत्खनन् गर्ने ठेकेदार खरेललाई तिराइयो साढे २ लाख जरिवाना

बडिगाडमा अवैध बालुवा उत्खनन् गर्ने ठेकेदार खरेललाई तिराइयो साढे २ लाख जरिवाना

देश दुनिया खबर
2 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ । तीन दिनदेखि बडिगाड गाँउपालिकामा लागेको ताला मंगलाबार (आज) तीन शर्तसहित खोलिएको छ ।

पालिका उपाध्यक्ष भिमसेन वन सहितको राजनितिक दलका प्रतिनिधी र युवाको सामूहिक छलफलपछि ताला खोलिएको हो ।

बडिगाड गाउँपालिका वडा नम्बर ५ का स्थानीय ठेकेदार (निर्माण व्यवसायी) प्रदीप खरेलले आफुले बालुवा अवैध रुपमा उत्खन्न गरेको स्वीकार गरेका छन् । उनले गल्ती स्वीकार गर्दै जरिवाना तिर्न राजी भएपछि ताला खोलिएको छलफलमा सहभागी सुनिल कार्कीले जानकारी दिए ।

पालिकाको जोगिबगरमा अवैध उत्खन्न गरिएको बालुवाको २ लाख ५० हजार जरिवाना स्वरुप पालिकालाई बुझाउने सहमति भएको छ । यस्तै, बडिगाड गाँउपालिकाको सिमनाभित्र डम्पिङ गरी राखिएको अवैध बालुवा पालिकाले मंगबारदेखि नै नियन्त्रणमा लिने भएको छ ।

गाउँपालिकाभित्र भएका अनियमितताका विषयहरु कार्यपालिकामा पठाउने र स्थानीय युवाहरुसँग थप छलफल गर्ने सहमति भएको हो ।

जिल्ला समन्वय समितिसँग सहकार्यमा अवैध बालुवा निरीक्षण तथा पालिकाको नियन्त्रणमा रहने र पालिकालाई जरिवाना तिर्ने लगायतमा सर्वपक्षिय भेलाबाट सहमति जुटेपछि ताला खोलिएको गाउँपालिका उपाध्यक्ष भिमसेन वनले जानकारी दिए ।

अघिल्लो पटक यसैसमयमा उनै प्रदिप खरेलले अवैध बालुवा उत्खन्न गरेपनि पालिकाका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतसँगको मिलेमहतोमा घटना मिलाइएको थियो । साथै, अहिले पनि उनले खरेलले अवैध बालुवा उत्खन्न गरेपछि स्थानीय युवाहरुले नियन्त्रणमा लिएका थिए । साथै स्काभेटर र ट्याक्टरसहित स्थानीय युवाले प्रहरीलाई बुझाएका थिए ।

जेनजी आन्दोलनकै दिन मध्यरातमा पुनः अवैध रुपमा बालुवा उत्खन्न उनैले गरेपछि युवा आक्रोशित भएका थिए । उनीहरुले गाँउपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसँगको छलफलबाटै समाधान खोज्न युवाहरुले माग गरेका थिए । तर, अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतले चासो नदिएपछि भदौ २९ गते गाउँपालिकाको कार्यालयमा स्थानीय युवाले ताला लगाएका थिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय