राप्रपाकाे प्रदर्शनमा हेरफेर, बानेश्वर मात्र केन्द्रित

राप्रपाकाे प्रदर्शनमा हेरफेर, बानेश्वर मात्र केन्द्रित

देश दुनिया खबर
1 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था पुनर्स्थापनाको मागसहित आज (आइतबार) गर्न लागेको आन्दोलनमा हेरफेर गरेको छ।

यसअघि तीन ठाउँबाट शक्ति प्रदर्शन गर्ने तयारी थियो । तर, अहिले बसेको नेताहरूको अनौपचारिक बैठकले बिजुली बजारमा मात्रै केन्द्रित हुने निर्णय गरेको राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले जानकारी दिए । उनका अनुसार अब बालुवाटार र भद्रकालीबाट र्‍याली निस्कँदैन।

सशक्त आन्दोलनमा होमिएको राप्रपाले पहिलो दिनमै निषेधित क्षेत्र तोड्ने तयारी गरेको छ । प्रदर्शनका लागि राप्रपा नेता–कार्यकर्ता तथा राजसंस्थाका समर्थकहरू अहिले बिजुली बजारमा भेला हुन थालेका छन्। त्यहाँबाट अध्यक्ष राजेन्द्र लिङदेनले नेतृत्व सम्हाल्ने छन्। र्‍याली बिजुली बजारबाट बानेश्वरतिर आएर निषेधित क्षेत्र तोड्ने तयारी गरेको तामाङले बताएका छन् ।

उनले सामूहिक गिरफ्तारीबारे अहिले कुनै निर्णय नभएको र आन्दोलनको परिस्थिति हेरेर त्यही हुने बताए। यसअघि राप्रपाले गत चैत २५ गते बल्खुमा शान्तिपूर्ण जनप्रदर्शन गरेको थियो। उक्त जनप्रदर्शन सोचेजस्तो प्रभावकारी हुन नसके पनि राप्रपाले आन्दोलनलाई निरन्तरता दिँदैछ। राप्रपाले निषेधित क्षेत्र तोड्ने तयारी गरेपछि सरकारी पक्ष सैह्य नहुने चेतावनी दिइसकेको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय