‘लालीबजार’ प्रदर्शनमा देखिएको अवरोध हट्यो

‘लालीबजार’ प्रदर्शनमा देखिएको अवरोध हट्यो

देश दुनिया खबर
1 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

चलचित्र ‘लालीबजार’को प्रदर्शनमा परेको कानुनी अवरोध हटेसँगै अब फिल्म सार्वजनिक रूपमा प्रदर्शन गर्न सकिने भएको छ।

रोशनी नेपालीले चलचित्रको प्रदर्शन रोक्न माग गर्दै दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो। अदालतको यस निर्णयले तत्कालका लागि प्रदर्शन रोक्नुपर्ने अवस्था नरहेको स्पष्ट पारेको छ।

अन्तरिम आदेश नदिने निर्णयको अर्थ अन्तिम फैसला नआउँदासम्मका लागि माग गरिए अनुसारको रोक लगाउने आदेश नलाग्ने भएकाले निर्माता पक्षलाई प्रदर्शन अगाडि बढाउने बाटो खुलेको हो।

यसअघि अदालतले गत १५ गते प्रदर्शन स्थगित गर्न आदेश दिएपछि १८ गतेदेखि रिलिज गर्ने तयारीमा रहेको चलचित्र अनिश्चित बनेको थियो। अहिलेको निर्णयपछि भने उक्त अनिश्चितता हटेको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय