शिक्षामन्त्रीको राजीनामापछि सुमनाको व्यंग्य- राजीनामा त प्रधानमन्त्रीको आउनुपर्ने हो

शिक्षामन्त्रीको राजीनामापछि सुमनाको व्यंग्य- राजीनामा त प्रधानमन्त्रीको आउनुपर्ने हो

देश दुनिया खबर
1 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

 शिक्षामन्त्री विद्या भट्टराईको राजीनालगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जालमार्फत कडा व्यंग्य प्रहार गरेकी छन् ।

श्रेष्ठको सचिवालयद्वारा फेसबुकमा लेखिएको स्टाटसमा भनिएको छ, ‘राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्नेथ्यो प्रधानमन्त्रीको । तर, ‘त्यो पर्दैन’, हैन त ?’ भन्दै सरकारको नेतृत्वप्रति असन्तुष्टि जनाइएको छ ।

शिक्षामन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री समक्ष पदबाट राजीनामा दिएकी हुन् । शिक्षक आन्दोलन उत्कर्षमा पुगेका बेला उनको राजीनामा सार्वजनिक भएको हो ।

शिक्षा क्षेत्रको सुधार, विद्यालय शिक्षा विधेयक र निजी क्षेत्रको संलग्नता सम्बन्धी विषयमा प्रधानमन्त्री र शिक्षामन्त्रीबीच लामो समयदेखि मतभेद रहँदै आएको थियो । पार्टीको बैठकमा समेत भट्टराईले प्रधानमन्त्रीले शिक्षा विधेयकका सन्दर्भमा जथाभावी बोल्दै आएको भन्दै खुलेर असन्तुष्टि व्यक्त गरेकी थिइन् ।

प्रधानमन्त्रीले निजी विद्यालयमा लगानीलाई प्रोत्साहित गर्ने र सरकारी लगानी सुरक्षित राख्नुपर्ने धारणा राखेपछि शिक्षामन्त्री त्यसप्रति असहमत देखिएकी थिइन्।  ती मतभेदहरू अन्ततः राजीनामासम्म पुगेको अनुमान गरिएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय