सभामुखलाई सांसद निश्कल राईको प्रश्न- ‘निलो स्कार्फचाहिँ मर्यादित, प्ले कार्डचाहिँ कसरी अमर्यादित ?

सभामुखलाई सांसद निश्कल राईको प्रश्न- ‘निलो स्कार्फचाहिँ मर्यादित, प्ले कार्डचाहिँ कसरी अमर्यादित ?

देश दुनिया खबर
1 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

नेपाली कांग्रेसका सचेतक निश्कल राईले सदनको गरिमा राख्ने काम सभामुखको भएको बताएका छन् ।

प्रतिपक्षी दलमा हुँदा रास्वपाका सांसदले निलो स्कार्प बाँध्नु र अहिले प्लेकार्ड प्रस्तुत गर्नु हुँदै संसदीय मर्यादा विपरीत भएको भन्दै उनले सदनको गरिमा बढाउने काम सभामुखको भएको बताएका हुन् ।

सदनमा विशेष समय लिएर बोल्दै उनले भने, ‘आफैँले गरेको कदम संसदीय र मर्यादित र अहिले प्रतिपक्षीले देखाएको प्लेकार्ड कसरी अमर्यादित ? सभामुख महोदय, त्यो पनि अमर्यादित थियो । अहिले पनि सदनमा अमर्यादित काम भइरहेको छ भन्ने मेरो निष्कर्ष हो । सभाको मर्यादा सभामुखले राख्नुपर्ने हो, त्यो किन हुन सकेन ?’

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय