साढे ५ महिनापछि देउवा आज स्वदेश फर्किँदै, भव्य स्वागतको तयारी

साढे ५ महिनापछि देउवा आज स्वदेश फर्किँदै, भव्य स्वागतको तयारी

देश दुनिया खबर
1 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किँदै छन् ।

देउवा थाइल्याण्डबाट थाई एयरको विमानमार्फत आज (बिहीबार) मध्यान्ह १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन् ।

देउवालाई स्वागत गर्न पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइरालासहित पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरूको ठूलो टोली विमानस्थल पुग्ने तयारी रहेको छ । देउवा स्वास्थ्य उपचारका लागि गत फागुन १३ गते सिंगापुर गएका थिए । त्यहाँको उपचारपछि चैत ७ गते थप उपचारका लागि हङकङ पुगेका थिए । उनी थाइल्याण्ड हुँदै नेपाल फर्कन लागेका हुन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय