ह्वाइट हाउस बाहिर गोली चल्यो,बन्दुकधारी मारिए, ट्रम्प सुरक्षित

ह्वाइट हाउस बाहिर गोली चल्यो,बन्दुकधारी मारिए, ट्रम्प सुरक्षित

देश दुनिया खबर
1 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारी निवास ह्वाइट हाउस नजिक शनिबार राति भएको गोलीकाण्डमा एक संदिग्धको मृत्यु भएको छ । अमेरिकी गोप्य सुरक्षा निकायका अनुसार संदिग्धले चेकपोस्ट नजिक झोलाबाट हतियार निकालेर सुरक्षाकर्मीमाथि गोली चलाएका थिए । त्यसपछि सुरक्षाकर्मीले पनि जवाफी फायर गरेका थिए ।

घटनामा एक सर्वसाधारण पनि घाइते भएका छन् । घटनाका बेला अमेरिकी राष्ट्रपति ट्रम्प ह्वाइट हाउसमै रहेका थिए, तर उनको सुरक्षामा कुनै असर नपरेको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय