२१ हजार घुस रकमसहित लेखा अधिकृत पक्राउ

२१ हजार घुस रकमसहित लेखा अधिकृत पक्राउ

देश दुनिया खबर
0 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् ।

उनलाई अख्तियार अनुसन्धान आयोगको टोलीले २१ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।

स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिसको लागि सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारका जनाएकाे छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय