असोज १ गते ‘शोक दिवस’ घोषणा, राष्ट्रिय झण्डा आधा झुकाइने

असोज १ गते ‘शोक दिवस’ घोषणा, राष्ट्रिय झण्डा आधा झुकाइने

देश दुनिया खबर
0 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । सरकारले असोज १ गतेलाई ‘शोक दिवस’को रूपमा मनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शोक दिवस मनाउँदै देशभर सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

गृह, कानुन तथा संसदीय मामिला मन्त्री ओम प्रकाश अर्यालका अनुसार, सो दिन जेनजी आन्दोलनमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्न शोक दिवस मनाइने छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय