स्वास्थ्य मन्त्रीको पहिलो निर्णय : जेनजी प्रभावितका लागि मनोसामाजिक परामर्श

स्वास्थ्य मन्त्रीको पहिलो निर्णय : जेनजी प्रभावितका लागि मनोसामाजिक परामर्श

देश दुनिया खबर
1 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले शुक्रबार पदभार ग्रहण गरेकी छन् । राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरे लगत्तै उनी सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेकी हुन् ।

पदभार ग्रहण गर्दै मन्त्री गौतमले जेनजी आन्दोलनका घाइते तथा प्रभावितका लागि निःशुल्क मनोसामाजिक परामर्शको व्यवस्था गर्ने निर्णय गरिन् । उनले विज्ञहरूको सुझावको आधारमा मनोसामाजिक परामर्श कसरी सञ्चालन गर्ने भन्नेबारे छलफल गरी कार्य अगाडि बढाइने जानकारी दिइन्।

साथै, उनले जेनजी आन्दोलनका शहीद परिवारका लागि निःशुल्क स्वास्थ्य बीमा सेवा उपलब्ध गराउने विषयमा अर्थ मन्त्रालयसँग परामर्श गर्ने योजना रहेको पनि जानकारी गराइन् ।

पूर्वस्वास्थ्य सचिवसमेत रहेकी गौतमले जटिल परिस्थितिमा नेतृत्व गरेको बताउँदै भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धनमा आफ्नो योगदान रहने बताइन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय