गणेश पराजुलीले संसद्‌मा मागे माफी

गणेश पराजुलीले संसद्‌मा मागे माफी

देश दुनिया खबर
1 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलका उपनेता गणेश पराजुलीले संसद्‌मै माफी मागेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा उनले माफी मागेका हुन् ।

“केही दिनअगाडि यो सम्मानित सदनबाट मैले सम्बोधन गर्दैगर्दा मबाट भावसहित प्रस्तुत भएका केही शब्दप्रति आपत्ति जनाइएको थियो । उक्त शब्दहरूलाई असंसदीय र अशिष्ट भनेर यो संसद्‌बाट हटाउन माग भएबमोजीम सभामुखज्यूले हटाउने आदेश गरिसक्नुभएको छ,” पराजुलीले भने ।

उनले अगाडि थपे, ”सम्मानीय सभामुखज्यूको त्यो आदेशलाई उच्च सम्मान गर्दै यही प्रतिनिधिसभा नियमावली मस्यौदाको सभापतिको हैसियतले आफ्ना कारणले आफूले उच्चारण गरेका शब्दका कारण आम जनतामा पर्न गएको त्यो असर त्यसले पारेको दुःखप्रति म गहिरो दुख व्यक्त गर्दै क्षमा याचना गर्न चाहुन्छु ।”

यसअघि गत २९ वैशाखको बैठकमा उनले बोल्ने क्रममा ‘भरौटेहरू’ र ‘यहाँ लुगा लगाएर पनि नांगै हिँडेजस्तो’ भन्ने शब्द बोलेका थिए ।

त्यसपछि सभामुख डोलप्रसाद अर्यालले रेकर्डबाट हटाउन निर्देशन दिएका थिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय