देउवाको प्रश्न- ‘राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्लान्?’

देउवाको प्रश्न- ‘राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्लान्?’

देश दुनिया खबर
1 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफूविरुद्ध भइरहेका षड्यन्त्र र कानुनी उल्झनहरूबाट आफू विचलित नहुने बताएका छन् ।

बिहीबार पाँच महिनापछि स्वदेश फर्किएका देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो निवास चुनदेवीमा पुगेपछि नेता कार्यकर्तालाई सम्बोधन गर्दै त्यस्तो बताएका हुन् ।

उनले आफ्नो ५० वर्ष लामो राजनीतिक जीवनमा भ्रष्टाचारको कुनै दाग नलागेको दाबी गरेका छन् ।

देउवाले आफूविरुद्ध भएका विभिन्न उजुरी र छानबिनमा अदालत जान आफू नडराउने बताए । ‘अदालतसम्म गाको छ, १० पटकसम्म आउनू भन्छ । १० पटक आयो, केही छैन भन्छ । ११ पटक आयो, २० पटक आयो, केही छैन । किनभने अहिलेसम्म ५० वर्ष काम गर्‍या छ, एक रुपैयाँ कतैबाट तलमाथि भन्या कुरा छैन,’ उनले भने । 

मन्तव्यका क्रममा उनले पूर्वराजा ज्ञानेन्द्रको विषय पनि उल्लेख गरे । ‘राजा ज्ञानेन्द्रले त सकेनन्, अरुले सक्लान् यहाँ ?,’ उनले लोकतन्त्र र गणतन्त्रलाई कसैले पनि उल्ट्याउन नसक्ने दाबी गरे । 

मुलुकमा गणतन्त्र आफूले चाहेर मात्र नभई जनताले चुनेको संविधानसभाले ल्याएको दाबी देउवाले गरे । गणतन्त्रको रक्षाका लागि जनता नै सचेत रहेको उनले बताए । ‘मैले चाहेर आउने र मैले चाहेर जाने कुरा होइन । यो देशको सबैभन्दा ठूलो कुरा हो । यो देशका जनता नेपालका मालिक हुन् । यो मालिकले जे भन्छ त्यही हुन्छ,’ उनले भने । 

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय