सांसद सोम शर्माको पहलमा बागलुङ-२ का दुर्गम क्षेत्रहरूमा सञ्चारको सेवा सुधार हुँदै

सांसद सोम शर्माको पहलमा बागलुङ-२ का दुर्गम क्षेत्रहरूमा सञ्चारको सेवा सुधार हुँदै

देश दुनिया खबर
1 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

नवनिर्वाचित सांसद सोम शर्माले बागलुङ–२ का दुर्गम क्षेत्रहरूमा मोबाइल नेटवर्क र इन्टरनेट पहुँच सुधारको लागि पहल सुरु गरेका छन्।

शर्माले आज नेपाल टेलिकमकी कार्यकारी निर्देशक रीना डंगोलसँग भेटेर ध्यानाकर्षण पत्र बुझाएका छन्। पत्रमा सांसद शर्माले फोरजी (4G) सेवा विस्तार, नेटवर्क मर्मत र नयाँ BTS टावर जडानका लागि तत्काल कदम चाल्न अनुरोध गरेका छन्।

पत्र अनुसार, तमानखोला गाउँपालिका–बोगाखानी, बोङ्गादोभान, भित्रीवन, नजाखानी, बडिगाड–दाङ, भिरकटेरा, जलजला र क़दम क्षेत्रहरूमा हाल फोरजी सेवा अवरुद्ध छ र प्राविधिक टोली खटाएर मर्मत आवश्यक छ।

साथै, निसीखोला गाउँपालिका–सिप र याङजेङ (वडा नं. ४ र ५), ढोरपाटन नगरपालिका–बुकीपाटन र चिरबाङ क्षेत्रमा सञ्चार पहुँच विस्तार गर्न नयाँ BTS टावर र पूर्वाधार निर्माणको माग गरिएको छ। विशेष समन्वय आवश्यक क्षेत्रहरूमा गुर्जाघाट (ढोरपाटन शिकार आरक्ष) र लुकुरबन रहेका छन्।

सांसद शर्माले भने, “यस क्षेत्रका नागरिकहरूको सूचना पहुँच सुनिश्चित गर्न र ग्रामीण भेगको समग्र विकासका लागि यी मागहरूलाई प्राथमिकतामा राखी बजेट र जनशक्ति परिचालन गर्न आवश्यक छ।”

आफ्नो आग्रहअनुसारको काम तत्काल अघि बढिसकेको उनले जानकारी गराएका छन् ।

सांसद शर्माको पहलसँगै बागलुङ–२ का ग्रामीण भेगका नागरिकहरूले अब सञ्चारको असुविधाबाट उन्मुक्ति पाउने अपेक्षा गरिएको छ। स्थानीय बासिन्दाले नेटवर्क विस्तारसँगै शिक्षा, स्वास्थ्य, व्यवसाय र आपतकालीन सेवामा सहज पहुँच हुने विश्वास व्यक्त गरेका छन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय