यस वर्षको मानश्री पुरस्कार बोधिसत्व स्वामी आनन्द अरुणलाई

यस वर्षको मानश्री पुरस्कार बोधिसत्व स्वामी आनन्द अरुणलाई

देश दुनिया खबर
1 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

यस वर्षको मानश्री पुरस्कार बोधिसत्व स्वामी आनन्द अरुणलाई प्रदान गरिने भएको छ । वसुन्धरा–मान प्रज्ञा प्रतिष्ठानको बैठकले स्वामी आनन्द अरुणलाई यस वर्षको मानश्री पुरस्कार प्रदान गर्ने भएको हो ।

नेपाल तथा विश्वका विभिन्न मुलुकमा योग, ध्यान र आध्यात्मिक दर्शन तथा साहित्यको विकास र विस्तारद्वारा नेपाली वाङ्मय तथा सभ्यताको उन्नयनमा महत्वपूर्ण योगदान दिएको प्रतिष्ठानले मूल्यांकन गरेको छ ।

विश्व समुदायमा नेपाली अध्यात्म, दर्शन र सभ्यताको विशिष्ट स्थान, पहिचान तथा सम्मान अभिवृद्धिमा योगदान दिएकाले स्वामी आनन्द अरुणलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानका सदस्य–सचिव कृसु क्षेत्रीले जानकारी दिनुभयो ।

विसं २००१ मा जनकपुरमा जन्मिनुभएका आनन्द अरुणका अन्तरयात्रा, सन्तगाथा, सन्तदर्शन र अचम्म जो देखेँ मैले लगायतका पुस्तक प्रकाशित छन् । आनन्द अरुणका पुस्तक अङ्ग्रेजी, हिन्दी, जापानी र रुसी भाषामा समेत अनुदित छन् ।

त्यसैगरी प्रतिष्ठानले यस वर्षको वसुन्धराश्री पुरस्कार वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई प्रदान गर्ने भएको छ । दुवै पुरस्कारको राशि जनही ७५ हजारसहित सम्मानपत्र रहेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय