अबदेखि बुर्तिबाङमै आरडिटि किट मार्फत नियमित कोरोना परीक्षण हुने !

अबदेखि बुर्तिबाङमै आरडिटि किट मार्फत नियमित कोरोना परीक्षण हुने !

देश दुनिया खबर
2 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सुमन सुनार/बुर्तिबाङ/जेठ ९ गते । जिल्लाको ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ स्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आज देखि ¥यापिड डायग्नोेष्टिक टेष्ट किट(आरडिटि)मार्फत कोरोनाभाइरस परीक्षण हुने भएको छ । स्वास्थ्य कार्यालय बागलुङले स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षण संगै ¥यापिड डायग्नोेष्टिक टेष्ट किट उपलव्ध गराएपछि अव बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पनि कोरोना परीक्षण हुने भएको हो ।

स्वास्थ्य कार्यालय बागलुङले पहिलो चरणमा २० थान आरडिटि किट उपलव्ध गराएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रकाल्याव अशिष्टेन्ट किसान साहीले बताउनुभयो । आज ढोरपाटन नगरपालिकानगर प्रमुख देव कुमार नेपालीले स्वास्थ्य केन्द्रकाल्याव टेक्नीसियनसंग कोरोनाको नमूना परीक्षण गरेर बुर्तिबाङमा ¥यापिड टेष्ट किटबाट कोरोना परीक्षणको सुरुवात गर्नुभएको थियो । नगर प्रमुख नेपाली सहित अन्य २ जनामा पनि नमूना परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको ल्याव अशिष्टेन्ट शाहीले बताउनुभयो ।

सो अवसरमा संचारकर्मीहरुसंग कुराकानी गर्दै नगर प्रमुख नेपालीले कोरोना महामारीको समयमा भाईरस रोकथाम तथा न्यूनिकरणमा आरडिटि टेष्टको ठुलो महत्व हुने भन्दै अवशंकास्पद व्यक्तिहरुको स्वास्थ्य परीक्षणमा सहजता हुने अपेक्षा लिएको बताउनुभयो । यस क्षेत्रमा विदेशबाट आएका र स्वदेशमै संक्रमित जिल्लाहरुबाट आएकाहरुमा कोरोना परीक्षणका लागि आरडिटि टेष्टलाई तिब्रता दिईने नगर प्रमुख नेपालीले बताउनुभयो ।

बाहिरबाट आएकाहरुको तुरुन्त पहिचान गरी कोरोना परीक्षणका लागि सम्बन्धीत निकायमा थप आरडिटि किटको माग गर्ने समेत प्रतिबद्धता जनाउनुभयो । ढोरपाटन नगरपालिकाले कोरोना संक्रमण तथा नियन्त्रणका लागि उच्च सतर्कता अपनाएको बताउँदै नगर प्रमुख नेपालीले हुन सक्ने जोखीमलाई ध्यानमा राख्दै नगरपालिकाले १ सय थान पिपीई र १० हजार थान मास्क मौज्दात राखेको बताउनुभयो ।
आरडीटी जाँचमा पोजेटिभ भएमा थप जाँचकालागि स्वाब संकलन गरेर पिसिआर जाँचका लागि पठाईने बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।

ग`र्भवती र ला`गूपदार्थको सेवनकर्ता पत्ता लगाउन गरिने जस्तै रगतको नमूनाबाट गरिने परीक्षण ¥यापिड टेष्ट भएको स्वास्थ्यकर्मीहरुको भनाई छ । ¥यापिड टेष्टमार्फत छिटो र सानो किटबाट परीक्षण गर्न सकिने भएकोले १० देखि १५ मिनेटमै उक्त किटले एकजनाको रगत परीक्षण गर्न सक्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय