छविलाल पाण्डे,बाग्लुङ वैशाख १९ । नेपाली काँग्रेसले थालेको राहात वितरण कार्यक्रम शुक्रबार ढोरपाटन नगरपालिका वडा नं.२ र ३ मा सम्पन्न भएको छ । प्रदेश सभा साँसदका प्रत्यासि एवन नेपाली काँग्रेस महाधिवेशन प्रतिनधिी जितबहादुर शेरचन सहितको टोलीद्धारा तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकामा राहात वितरण गरेसँगै आज ढोरपाटन नगरपालिकाको वडा नं.२ र ३ मा कार्यक्रम सम्पन्न भएको छ ।
जसअन्तर्गत वडा नं.२ को खल्टुवोट र तारीखेत गरी २५ घरपरिवारलाई खाध्यन्ह वितरण गरीएको छ त्यसैगरी वडा नं.३ को पुर्काटमा १५ परिवारका निम्ती खाद्यान्न वितरण गरीएको जित शेरचनले बताउनु भयो । उहाँका अनुसार विहिबार निसीखोला गाउँपालिकाको वडा नं.७ मा ७० घरपरिवारलाई खाद्यान्न वितरण गरीएको जनाइएको छ ।
लामो समयको लकडाउनका कारण बेरोजगारी अवस्थामा रहेका गरीव, विपन्न र अशहाय व्याक्तिका निम्ती चामल, दाल, तेल ,सावुन वितरण गरीएको जनाइएको हो । भोली ढोरपाटन नगरपालिका ५,७,८ र ९ वडामा राहात वितरणको कार्यक्रम रहेको जनाइएको छ ।आयोजित कार्यक्रममा नेपाली काँग्रेस पुर्व महासमिती सदस्य अर्जुन शेरचन, महादिवेशन प्रतिनिधी जितबहादुर शेरचन, क्षेत्र नम्बर २ ख प्रदेश सभापती नरजंग घर्ती, पूर्व जिल्ला सदस्य मेशलाल शर्मा, नेपाल तरुणदल जिल्ला सचिव नविन शेरचन, समाजसेवी ऋषिराम कँडेल , नेपाल महिला सँघ क्षेत्रिय सभापती लिलमाया पुन, दिलमाया पौवी, वडा नं.३ पार्टी सभापती रामबहादुर कुवँरको सहभागितामा राहात वितरण गरीएको जनाइएको छ ।