केपी ओली सैनिक ब्यारेकबाट बाहिरिए, गुण्डु सरे

केपी ओली सैनिक ब्यारेकबाट बाहिरिए, गुण्डु सरे

देश दुनिया खबर
1 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट बाहिरिएका छन् ।

जेनजी आन्दोलनका क्रममा सुरक्षाको लागि नेपाली सेनाले नियन्त्रणमा लिएका ओली लामो समयपछि सार्वजनिक रूपमा बाहिरिएका हुन् ।

गत २४ भदौदेखि सैनिक ब्यारेकमा रहेका ओली बिहिबार बिहान बाहिरिएका हुन् । सुरक्षा स्रोतका अनुसार उनी हाल भक्तपुरको गुण्डुमा सरेका छन् । त्यहाँका लागि ओलीका निम्ति भाडाको घर लिइएको छ ।

ओलीको बालकोटस्थित निवास जेनजी आन्दोलनका प्रदर्शनकारीले आगजनी गरेपछि उनी गुण्डु सरेका हुन् । एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको सक्रियतामा ओलीलाई गुण्डु सारिएको जनाइएको छ ।

स्रोतका अनुसार गुण्डुस्थित घरमा ओलीको आवतजावत गोप्य राखिएको छ र स्थानीयस्तरमा पनि व्यापक सुरक्षा व्यवस्था मिलाइएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय