गाउँमा स्वास्थ्य सामाग्री र सचेतना बाँड्दै युवा !

गाउँमा स्वास्थ्य सामाग्री र सचेतना बाँड्दै युवा !

देश दुनिया खबर
2 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी । नयाँ भेरियन्ट सहितको कोरोना सक्रंमण दर बढ्दै जान थालेपछि गुल्मी हुँगाका युवाहरु एकजुट भएका छन् । सम्भावित जोखिम र त्यसको न्यूनिकरणका लागि पूर्व तैयारी स्वरुप युवाहरु एकजुट भएर गाउँमा स्वास्थ्य सामाग्री वितरण गर्न लागेका हुन् ।

गुल्मीको छत्रकोट गाउँपालिका वडा नं १ हुँगा सिर्तङ्गा युवाहरुले सामाजिक सञ्जाल मार्फत अभियान सञ्चालन गरेर गाउँमा माक्स सेनिटाईजर,लगायतका स्वास्थ्य सामाग्री वितरण गर्ने गरीएको अभियान्ता सुवास चन्द्र भण्डारीले जानकारी दिए । गाउँमा न्यूनतम पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्ने र यसले सक्रंमण दर बढ्न सक्ने भएकाले गाउँमा सचेतना अभियानसगैं जनस्वास्थ्यका मापदण्ड पालना गराउन अभियान थालिएको उनले बताए ।

शनिवार स्थानीय युवाहरुले साविकको हुँगा गाविसको वडा नं ४ का विभिन्न स्थानमा स्वास्थ्य सामाग्री वितरण गरेका छन् । युवा नेता मोति भण्डारीको सहयोग र समन्वयमा स्थानीय युवराज भण्डारी, सुवास चन्द्र भण्डारी लगायतका युवाहरुले स्थानीयको घर घरमै पुगेर उक्त सामाग्री वितरण गरेका हुन् । स्वास्थ्य सामाग्री वितरण गर्दै युवाहरुले अनिवार्य रुपमा माक्स लगाउन, बाहिरबाट आएपछि सावुन पानीले हात धुन वा सेनिटाईजर प्रयोग गर्ने लगायतका सामाजिक सन्देश र सल्लाह पनि दिने गरेको भण्डारीले बताए ।

उनीहरुले सामाजिक सञ्जाल फेसबुकमा सिर्तुङ समाज नामक पेज खोलि अभियान समेत सञ्चालन गरेका छन् । उक्त अभियानमा सहयोगका लागि सबै गाउँबासी देश विदेशमा रहनुभएका सहयोगी मनसगं अपिल पनि गरेका छन् । सहयोग रकम बढ्दै गएमा गाउँ भरी नै स्वास्थ्य सामाग्री वितरण सगैं सचेतना प्रदान गर्ने उद्धेश्य आफुहरुको रहेको भण्डारीले जनाए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय