गुल्मीमा १ सय १८ जना क्वारेन्टाइनमा

गुल्मीमा १ सय १८ जना क्वारेन्टाइनमा

देश दुनिया खबर
1 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी, वैशाख १९ । गुल्मीमा भारत लगायत जिल्ला बाहिरबाट आएका एक सय १८ जना क्वारेन्टाइनमा रहेका छन् । पछिल्लो समयमा भारतबाटै एकै पटक ५२ जना आएका हुन् भने उनीहरुलाई सिधै क्वारेन्टाइनमा राखिएको जिल्ला बिपद ब्यबस्थापन समितिका अध्यक्ष एबम प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिनुभयो ।

क्वारेन्टाइनमा रहेका मध्ये १९ जना महिला र ९९ जना पुरुष रहेको शर्माले जानकारी दिनुभयो । जसअनुसार गुल्मीदरवार गाउँपालिकामा १३ जना , कालीगण्डकीमा ५ जना ,धुर्कोटमा ५९ जना , मालिकामा तीन जना , इश्मामा १२ जना , चन्द्रकोटमा ११ जना , रुरुमा एक जना र रेसुंगा नगरपालिकामा १४ जना गरी कुल एक सय १८ जना स्थानीय तहहरुले निर्माण गरेका क्वारेन्टाइनमा रहेको जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ ।

हालसम्म जिल्लामा ९८ जनाको ¥यापिड टेस्ट गरिएको र सबै जनाको रिर्पोट नेगेटिभ आएको जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ । बिगत केही दिन देखी परेको पानीका कारण क्वारेन्टाइनमा रहेकाहरुलाई कुनै समस्या नभएको भन्दै सबै ब्यबस्थापन स्थानीय तह र क्वारेन्टाइनमा रहेका आफन्तहरुले गरिरहेको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय