गुल्मीमा ४ वर्षीय नाबालिका करणी आरोपमा एक पुरुष पक्राउ !

गुल्मीमा ४ वर्षीय नाबालिका करणी आरोपमा एक पुरुष पक्राउ !

देश दुनिया खबर
1 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी । गुल्मीमा ४ बर्षीय नाबालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एकजना पुरुष पक्राउ परेका छन् ।

जिल्लाको कालीगण्डकी गाउँपालिका वडानम्वर– ७ भुर्तुङ निवासी ३६ बर्षीय पुरुषले नाबालिकालाई जबरजस्ती करणी आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषेत्तमप्रसाद पाण्डेले बताए ।

आरोपित पुरुषलाई शुक्रवार बेलुकी पक्राउ गरि जिल्ला प्रहरी कार्यालय गुल्मीमा ल्याइएको पाण्डेले बताए । आरोपित पुरुषले साउन २८ गते जवरजस्ती करणी गरेकोे भन्ने भुर्तुङमा प्रहरी चौकीमा उजूरी आएको आधारमा पक्राउ गरेको हो ।

प्रहरीले पिडित नाबालिका र आरोपित पुरुषको नाम गोप्य राखेको छ । आरोपित पुरुष र बलात्कारमा परेकी नाबालिकालाई मेडिकल गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (File-Photo)

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय