काठमाडौँ । निवर्तमान शिक्षामन्त्री विद्या भट्टराई सफा टेम्पोमा यात्रारत भेटिएकी छिन् । केही समयअघि मात्र शिक्षामन्त्री पदबाट राजीनामा दिएकी उनी सफा टेम्पोमा भेटिएकी हुन् ।
टेम्पोमा यात्रा गरिरहेको तस्बिर एमालेका सांसद तारा लामा तामाङले सार्वजनिक गरेका हुन् । तामाङले आज फेसबुकमा पोस्ट गरेको तस्बिर तीन दिन अगाडिको भएको बताएका छन् । उनले भने, ‘उहाँको सादगीपन मन परेर मैले नै फोटो खिचेको हुँ । उहाँले अन्यथा मान्नुहोला कि भनेर दुई दिन सार्वजनिक गरिनँ । अनुमति लिएर आज राखेको हुँ ।’
मन्त्री हुनु अगाडिसम्म पनि भट्टराई सार्वजनिक सवारीसाधनमै यात्रा गर्थिन् ।
।
https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fpermalink.php%3Fstory_fbid%3Dpfbid0toV8aU8dK5oWE9r4eKZzywzThqxWVtNBNnzDHcupv2xUK87B31hEszx1bGYHQTr1l%26id%3D100064330316474&show_text=true&width=500