न्वागी मेला सम्पन्न,भलिवलमा सनराइज युवा क्लव प्रथम, मदन भण्डारी स्पोर्ट एकेडेमी दित्तीय !!

न्वागी मेला सम्पन्न,भलिवलमा सनराइज युवा क्लव प्रथम, मदन भण्डारी स्पोर्ट एकेडेमी दित्तीय !!

देश दुनिया खबर
2 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

अनिश शर्मा गैरे, मङ्सिर ७, बाग्लुङ्गको बडिगाड गाँउपालिका ५ ग्वालीचौरमा आइतवार बाट सुरु भएको न्वागी मेला शनिवार सम्पन्न भएको छ । शुक्रवार सम्मको निम्ती कार्यक्रम आयोजना गरिएको भएपनि भलिवल फाइनल सहित पुरस्कार बितरणको कार्यक्रम शनिवारलाइ सरेको थियो । शनिवार सम्पन्न भएको भलिवल फाइनलमा सनराइज युवा क्लब जुग्जाखोलाले जित दर्ता गर्दै एक लाख २ हजार २ सय २२ रुपैया पुरस्कार सहितको भलिवलको उपाधि हात पारेको छ । नगद सहित क्लबले कप, मेडल र प्रमाणपत्र पनि प्राप्त गरेको छ ।

त्यसैगरी काठमाण्डौको मदनभण्डारी स्पोर्टस एकाडमीले उपविजेतामा चित्त बुझाउँदै ६६ हजार ६ सय ६६ रुपैया प्राप्त गरेको छ । शनिवारको फाइनल खेलमा सुरुवातका लगातार दुइ खेम सनराइजले जितेको थियो भने त्यसपछिका बाँकी दुइ सेट मदन भण्डारी ग्रुपले जितेको थियो । अन्तिममा भएको खेलमा सनराइजले ६ अंकको अन्तरले मदन भण्डारी स्पोर्टस एकाडमीलाइ पछि पारेको हो । शनिवारको भलिवल फाइनल सँगै यस पटकको न्वागी मेला पनि सम्पन्न भएको छ ।मेलाको अवसरमा बिविध खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरु सम्पन्न भएका छन् । भने बृहक कृषि प्रदर्शनी पनि सम्पन्न भएको थियो । समापनको अवसरमा मुल आयोजक समितिका अध्यक्ष कलाधर घिमिरेको अध्यक्षता, बडिगाड गाँउपालिका अध्यक्ष मेहरसिँह पाइजाको प्रमुख आतिथ्यता तथा सचिब बिष्ण प्रसाद आचार्य, टिका पाइजा र बुद्ध संगमको सञ्चालनमा सम्पन्न भएको थियो ।

अन्तिममा भएको खेलमा सनराइजले ६ अंकको अन्तरले मदन भण्डारी स्पोर्टस एकाडमीलाइ पछि पारेको हो । शनिवारको भलिवल फाइनल सँगै यस पटकको न्वागी मेला पनि सम्पन्न भएको छ ।मेलाको अवसरमा बिविध खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरु सम्पन्न भएका छन् ।समापनको अवसरमा मुल आयोजक समितिका अध्यक्ष कलाधर घिमिरेको अध्यक्षता, बडिगाड गाँउपालिका अध्यक्ष मेहरसिँह पाइजाको प्रमुख आतिथ्यता तथा सचिब बिष्ण प्रसाद आचार्य, टिका पाइजा र बुद्ध संगमको सञ्चालनमा सम्पन्न भएको थियो ।शनिवारको भलिवल फाइनल सँगै यस पटकको न्वागी मेला पनि सम्पन्न भएको छ ।मेलाको अवसरमा बिविध खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरु सम्पन्न भएका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय