बडिगाडको पौदिटारीमा बिदेशी शिक्षक !

बडिगाडको पौदिटारीमा बिदेशी शिक्षक !

देश दुनिया खबर
3 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

जीवन पाण्डे,बडिगाड बाग्लुङ, भाद्र २०

बडिगाड गाउपालिका वडा न. ०५ मा रहेको पौदी टारी आधारभुत बिद्यालय मा आज दुई बिदेशी शिक्षक लाई एक कार्यक्रममा बिच स्वागत गरिएको छ । शिक्षक बेलायती नागरिक हुन । प्रोजेक्ट ट्रस्ट बाट शिक्षकको रुपमा आएका हन्ना म्याकलन्टोस ( हेमा) र टान्जिन लङहर्न (तारा) लाई सम्पुर्ण बिद्यार्थी एबम अभिभावक को माझमा स्वागत गरिएको हो । प्रोजेक्ट ट्रस्ट नामक बिदेशी संस्था को नेपाल बेलायत प्रतिनिधि को रुपमा रहनु भएका डा. शान्ताराज शर्माले उक्त दुई शिक्षकलाइ पौदी टारी आधारभुत बिद्यालयमा ल्याउनु भएको हो ।

बिद्यालयले २०६९ सालबाट बोर्डिङ स्कुल (व्याक्तिगत बिधालय) मा मात्रै राम्रो पढाइ हुन्छ भन्ने कुरालाइ चिर्दै अङ्ग्रेजी माध्यम सहित गुणस्तरिय रुपमा पढाउन सुरु गरेको हो । सामुदायिक बिद्यालयमा बिद्यार्थी संख्या न्यून भइ बिद्यालय एकीकृत गर्ने (मर्ज गर्ने) प्रक्रिया भइराखेको बेला यस सामुदायिक बिद्यालय भने अभिभावक एबम बिद्यार्थी को प्रमुख आकर्षण बनेको छ । अङ्ग्रेजी माध्यममा पढाइ र उच्च बर्ग देखि न्यून बर्गका बिद्यार्थीलाइ समेत गुणस्तरिय शिक्षा यसै बिद्यालयले दिन थालेपछी यस आसपासको एक निजि शैक्षिक संस्था बन्द भइसकेको छ । यस सामुदायिक बिद्यालयका बिधार्थीलाई अङ्ग्रेजी भाषा बोल्ने शैली एबम सिक्ने क्षमतामा अझ परिपक्कता ल्याउन र कम्प्युटर ज्ञानमा पनि बिद्यार्थी लाई दक्ष बनाउन बिदेशी शिक्षकलाइ ल्याइएको बिद्यालयका अङ्ग्रेजी माध्यमका संयोजक एबम बिद्यालय व्यवस्थापन समितिका सदस्य नवीन कुँवरले जानकारी दिनुभयो ।

स्थानिय अबिभावक सङ्ग चन्दा माग्ने,देउसी भैलो खेल्ने, देश बिदेशमा विभिन्न पेशा व्यवसाय गर्ने व्याक्ती सङ्ग सहयोग मागी निजि श्रोतका शिक्षक लाई तलवको व्यवस्था गर्ने गरिएको छ । यस बिधालयमा आएका बिदेशी शिक्षकलाइ भने ट्रस्ट प्रोजेक्ट ले नै तलव र उपचारको व्यवस्था गर्ने डा. शान्ताराज शर्माले बताउनु भयो । उहाले सामान्य खाना र बस्नको व्यवस्था मात्र बिद्यालयले गरिदिए पुग्ने बताउनु भएको छ ।

आफ्नो बिद्यालयमा अङ्ग्रेजी एबम कम्प्युटर अध्यापन गराउन आएका बिदेशी क्षिक्षकले पनि बिद्यालय,उत्सुक बिद्यार्थी एबम त्यहाको वातावरण देखेर आफू अत्यन्तै खुसी भएको बताएका छन । बिद्यालयका प्रधानाध्यापक टीका बहादुर भुजेलले आफुले बिदेशी शिक्षकलाइ स्वागत गर्न पाउँदा अत्यन्तै खुसी व्यक्त गर्नु भएको थियो । उहाले आफ्नो बिद्यालय परिवारमा दुई सदस्य थपिएको र हाम्रो व्यावहार पनि पारिवारिक नै हुने बताउनु भएको छ । यता बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमलाल खरेलले अब बिद्यार्थीको सिकाइमा थप गुणस्तर थपिने बिश्वास व्यक्त गर्नुभएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय