जर्मनीको स्थानीय क्लब रिपडोर्फ र एसभी होल्डेन्स्टेड बिच भएको खेलमा एसभी होल्डेन्स्टेडले ३७ गोल गर्न सफल भएको छ। रिपडोर्फले खेलमा भौतिक दुरी कायम गरेको थियो भने यो खेल जर्मन फुटबल लिगअन्तर्गत ११औं तहको खेल हो। रिपडोर्फ क्लबका जम्मा ७ जना मात्र खेलाडी मैदानमा उत्रिएका थिए। सुरुमा भने रिपडोर्फले एसभी होल्डेन्स्टेडलाई दबाब राखे पनि पछि रिपडोर्फका खेलाडीहरु भौतिक दुरी कायम गर्दै छेउ लागे पछि होल्डेन्स्टेडले प्रत्यक २ देखि ३ मिनेको अन्तरालमा गोल गर्न सफल भएको थियो। खेलअघि रिपडोर्फले खेल स्थगित गर्न अनुरोध गरेको थियो। तर, त्यहाँको स्थानीय संघले अनुरोध मानेन भने कोरोनाका डरका कारण उनीहरुले नखेलेको भए २ सय युरो जरिबाना तिर्नु पर्थ्यो।