माइतीघर-बानेश्वर सडकमै गाडी तेर्स्याउने यातायात व्यवसायीको चेतावनी

माइतीघर-बानेश्वर सडकमै गाडी तेर्स्याउने यातायात व्यवसायीको चेतावनी

देश दुनिया खबर
1 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले माइतीघर–बानेश्वर सडक तत्काल सुचारु गनरे सडकमै गाडी तेर्स्याउने चेतावनी दिएका छन् ।

१७ दिनदेखि भइरहेको शिक्षक आन्दोलनका कारण सार्वजनिक यातायात अवरुद्ध भएको भन्दै महासंघले अबको केही दिनमै माइतीघर–बानेश्वर सडकमा गाडी चल्न नदिए सडकमै गाडी तेस्र्याउने चेतावनी दिएको हो ।

महासंघका महासचिव भरत नेपालले शिक्षक आन्दोलनका कारण १७ दिनदेखि यातायात मजदुर र यात्रु मर्कामा परेको बताउँदै आइतबारसम्म सडक खुला नभए सडकमा गाडी तेस्र्याउने चेतावनी दिए ।

महासंघले जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत अवरुद्ध सडक सुचारु गरिदिन बिहीबारै गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षण पत्र पठाएको छ ।

१७ दिनदेखि शिक्षकहरूले माइतीघर–बानेश्वर सडकमा मध्याह्न १२ देखि दिउँसो ३ बजेसम्म प्रदर्शन गर्दै आएका छन् । उक्त समयमा माइतीघर– तिनकुने सडकमा सवारीसाधन चल्न नपाउँदा यातायात मजदुर तथा यात्रुले सास्ती खेप्नुपरेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय