राप्रपा महामन्त्री धवल शमशेर हाजिर जमानीमा रिहा

राप्रपा महामन्त्री धवल शमशेर हाजिर जमानीमा रिहा

देश दुनिया खबर
1 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं सांसद धवल शमशेर राणा हाजिर जमानीमा रिहा भएका छन् ।

गत चैत १५ गते राजावादी समूहले तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका राणालाई स्वाथ्य संवेदनशीलताको कारण हाजिर जमानीमा गएराती छाडिएको हो ।

क्यान्सरको उपचारका लागि भारत जानुपर्ने भएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले राणालाई उनकी श्रीमतीको जिम्मा लगाएर हाजिर जमानीमा छाडेको हो । उक्त घटनामै संलग्न रहेको आरोपमा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलगायतका नेताहरु भने प्रहरी हिरासतमा नै छन् ।

राजावादी समूहले आयोजना गरेको तीनकुनेको प्रदर्शन हिंसात्मक बनेको थियो । सो क्रममा प्रदर्शनकारीहरुले निजी घर, व्यवसायिक भवन र सरकारी सम्पत्ति तोडफोड, आगजनी र लुटपाट गरेका थिए । सो क्रममा एक पत्रकारसहित २ जनाको मृत्युसमेत भएको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय