राष्ट्रपतिले प्रधानमन्त्रीलाई भने- संयमतापूर्वक परिस्थिति साम्य पार्नुहोस्

राष्ट्रपतिले प्रधानमन्त्रीलाई भने- संयमतापूर्वक परिस्थिति साम्य पार्नुहोस्

देश दुनिया खबर
1 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई साथमा लिएर संयमतापूर्वक स्थितिलाई साम्य पार्न एवं सद्भाव क़ायम गर्न प्रधानमन्त्री बालेन्द्र शाहसँग आग्रह गरेका छन् ।

प्रधानमन्त्री बनेपछि पहिलोपटक राष्ट्रपतिलाई भेट्न पुगेका प्रधानमन्त्री शाहले सनुसरी घटनाका कारण मुलुकमा उत्पन्न परिस्थितबारे ब्रिफिङ गरेका थिए ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार प्रधानमन्त्री शाहसँग राष्ट्रपतिले मुलुकका विभिन्न भागमा भएको विषम घटना र परिस्थितिका बारेमा जानकारी लिएका थिए ।

‘देशका विभिन्न भागमा हिंसात्मक घटना बढ्दै गएपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्री शाहलाई बिहीबार शीतलनिवास बोलाएर अवस्थाबारे चिन्ता र चासो व्यक्त गर्नुभएको हो’, सल्लाहकार पोखरेलले भने ।

राष्ट्रपति पौडेललाई प्रधानमन्त्री शाहले शान्ति सुव्यवस्था क़ायम गर्न सरकारबाट भइरहेको प्रयासबारे जानकारी गराएका थिए ।

प्रधानमन्त्री शाहले बिहीबार साँझ नै राष्ट्रका नाममा सम्बोधन गर्दै सरकार नागरिकहरूको जिउधन सुरक्षाका लागि अझ जिम्मेवार भएर लाग्ने प्रतिबद्धता जनाएका थिए । उनीहरूबीच १५ मिनेट कुराकानी भएको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय