लकडाउनमा विद्यार्थी भर्ना नगर्न मन्त्रालयको निर्देशन

लकडाउनमा विद्यार्थी भर्ना नगर्न मन्त्रालयको निर्देशन

देश दुनिया खबर
1 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । लकडाउनको अवधीमा विद्यार्थी भर्ना नगर्न सरकारले निर्देशन दिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले लकडाउनको समयमा कुनै पनि विद्यालयलाई विद्यार्थी भर्ना कार्यक्रम अघि नबढाउन निर्देशन दिएको हो ।

यस्तै, भर्नाको नाममा शुल्क लिने वा बैंक खातामा रकम जम्मा गर्न लगाउने कार्य नगर्न पनि विद्यालयहरुलाई शिक्षा मन्त्रालयले आग्रह गरेको छ । शिक्षा मन्त्रालयले अनलाइन पठनपाठन भन्दै शुल्क नलिन विद्यालयलाई सचेत समेत गराएको छ । यस्तै, एसईई, कक्षा ११ र कक्षा १२ को परीक्षाको सन्दर्भमा कुनै निर्णय नभएको, तर सुक्ष्म अध्ययन भने भइरहेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए । हाल देशभर ३५ हजार विद्यालय छन् । अहिले कतिपय विद्यालयले विद्यार्थी भर्ना अभियान अघि बढाएको पाइएको छ ।

राजधानी दैनिकमा समाचार छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय