शौचालयमा थुनिए एमाले सचिव योगेश भट्टराई, यस्तो छ कारण

शौचालयमा थुनिए एमाले सचिव योगेश भट्टराई, यस्तो छ कारण

देश दुनिया खबर
1 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

 ताप्लेजुङमा प्रहरीले शौचालयमा थुनेर एमाले सचिव योगेश भट्टराईलाई सुरक्षा दिएको छ ।

हिरक महोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन शुक्रबार ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेप पुगेका भट्टराईलाई ‘नो केबलकार समूह’ र ‘पहिचानवादी समूह’ले नाराबाजी गर्दै घेरा हालेपछि प्रहरीले शौचालयमा थुनेर सुरक्षा दिएको हो ।

कार्यक्रम सम्पन्न भएर फर्कनै लाग्दा उनी शौचालय गएका थिए । भट्टराई भित्र छिर्नेबित्तिकै पहिचानवादी समूह र नो केवलकार समूहले शौचालय घेरेर नाराबाजी गरेलगत्तै परिचालन भएको प्रहरीले भट्टराईलाई सुरक्षा दिन उनी शौचालय भित्रै रहँदा बाहिरबाट चुकुल लगाइदिएको थियो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी रवि रावलले सुरक्षा दिनका लागि भट्टराई शौचालय भित्रै रहँदा केही बेर चुकुल लगाइएको बताए । उनले भने, ‘माननीयज्यू शौचालय जाने बेलामा नाराबाजी भयो। हामीले सुरक्षा दिएका हौं। अरू केही होइन ।’

केहीबेरमा प्रहरीले परिस्थिति सामान्य बनाएपछि चुकुल खोलेर भट्टराईलाई बाहिर निकाली हेलिकप्टरसम्म पु¥याएर सुरक्षित काठमाडौं पठाएको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय