सदनमा उपस्थित भएर जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ

सदनमा उपस्थित भएर जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ

देश दुनिया खबर
1 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सभामुख डोलप्रसाद अर्यालले संसदमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई निर्देशन दिएका छन् ।

प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै प्रमुख प्रतिपक्षीसहितका दलका सांसदहरुले उठेर विरोध गरेसँगै सभामुख अर्यालले प्रधानमन्त्री बालेन्द्र साहलाई संसदमा प्रश्नको जवाफ दिन निर्देशन दिएका हुन् ।

गत १७ जेठमा प्रधानमन्त्री साहले प्रतिनिधि सभामा उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । सो क्रममा साहले भारतले नेपालको मात्र नभई नेपालले समेत भारतको भूमि मिचेको दाबी गरेका थिए ।

साढे दुई महिनासम्म प्रधानमन्त्री साहले यसबारे स्पष्टिकरण दिएका छैनन् । विपक्षीले विरोध जारी राखेपछि सभाको सोमवारको बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री साहलाई संसदमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन निर्देशन दिएका हुन् । ‘प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमाोजिम माननीय सदस्यहरुको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु’ सभामुखले भने ।

सभामुखले प्रधानमन्त्री साहलाई निर्देशन दिएलगत्तै विपक्षी दलहरुले टेबल बजाएर समर्थन गरे ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय