शालीमे बचत तथा ऋण सहकारी संस्थाको चौथो बार्षिक साधारण सभा सम्पन्न,

शालीमे बचत तथा ऋण सहकारी संस्थाको चौथो बार्षिक साधारण सभा सम्पन्न,

देश दुनिया खबर
1 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

अनिश शर्मा गैरे,गुल्मी – शालीमे बचत तथा ऋण सहकारी संस्थाको चौथो बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रमेश सापकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी संस्थाका केन्द्रिय सञ्चालक चण्डी प्रसाद शर्मा पौडेलको प्रमुख आतिथ्यता रहेको थियो भने मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारी, वामी कृषि सहकारी संस्थाका सचिब डिलाराम सापकोटा, सञ्चालक अग्नीधर लोहनी, सिवाइसी सहकारी बिकास बैंकका अध्यक्ष सीता सापकोटा लगायतले बोलेका थिए ।

संस्थाका अध्यक्ष रमेश सापकोटाले आर्थिक बर्ष २०७५/०७६ को ४३ लाख ९५ हजार ३ सय ८५ रुपैया बराबरको आयव्याय विवरण प्रस्तुत गरेका थिए । संस्थाका उपाध्यक्ष सुदर्शन शाक्यको स्वागत मन्तब्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन गोपिकृष्ण खरेलले गरेका थिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय