काठमाडौं । राजा जनक र माता सिताको क्षेत्र जनकपुरमा बागेश्वर बाबाका गुरु श्री रामभद्राचार्य र बोधिसत्व स्वामी आनन्द अरुणबीच स्नेही भेटघाट भएको छ।

भेटका क्रममा दुवै आध्यात्मिक गुरुबीच गहिरो शान्ति, आध्यात्मिकता र अलौकिक विषयमा अर्थपूर्ण संवाद भएको बताइएको छ।

दुवैजनाले एकअर्काप्रति उच्च सम्मान र श्रद्धा प्रकट गर्दै आध्यात्मिक मार्ग, साधना र मानव चेतनाको उत्थानका विषयमा विचार आदान–प्रदान गर्नुभएको थियो ।

आपसी सम्मान र सौहार्दपूर्ण वातावरणमा भएको उहाँहरुको भेटलाई प्रेरणादायी आध्यात्मिक मिलनका रूपमा लिइएको छ ।