आमा पोईला गएपछि ६ बर्षपछि बल्ल नुहाए गुल्मीका यी भाईले (भिडियो)

आमा पोईला गएपछि ६ बर्षपछि बल्ल नुहाए गुल्मीका यी भाईले (भिडियो)

देश दुनिया खबर
2 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बडिगाड अनलाईन, वैशाख ३१ । यो संसारमा समस्या नभएको मान्छे को होला । हरेक मान्छेलाई आफ्ना न आफ्ना समस्या छन् । गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका वडा नं १० सिखेडाडाका एघार बर्षको कान्ते भाइ बिगत छ बर्ष देखि दमको रोगी छन् । उनि छ बर्ष देखि ननुहाइ बसेका छन् ।

६५ वर्षको उमेरमा श्रीमतीले जुम्ल्याहा बच्चा छाडेर गईन् । श्रीमतीले छाडेपछि उहाँको आफ्नो भन्ने कोही भएन् न त समाजले सहयोग गर्यो नत परिवार र आफन्तले । केबल उनको सहारा ७० वर्षका बुबा मात्रै रहे । श्रीमतीले छाडेको पीडा भन्दा पनि उनलाई ठुलो चिन्ता त छोराको रोगले गरायो । आर्थिक अभाव त्यसैमाथी छोराहरु हुर्काउने अभिभारा । ती छोरालाई आमाको माया दिनुपर्ने जिम्मेवारी सगैं उनीहरुको पालनपोषणको जिम्मेवारी उनको काँधमा थपियो ।

अहिले उनी ७० वर्षका भए श्रीमतीले छाडेदेखि उनलाई एकातर्फ छोराको रोगको पिरलोले गाल्दै गयो भने अर्को तर्फ गरिबीले । नत औषधी गर्ने पैसा भयो न त उनले कसैबाट स्याहार सुसार पाए । सहारा दिने श्रीमतीले त्यो समयमा आएर छोड्लिन भनेर उहाँले कल्पना पनि गर्न नसकेको बताए ।

मसगं छोराको उपचार गर्ने पैसा छैन् न त यिनीहरुलाई पालन पोषण गर्ने पैसा नै छ ७० वर्षिय बाजले रुदैँ भने मेरो यो छोरालाइ जसरि भए पनि बचाइदिनुस् । उनलाई भेटन् सञ्चारकर्मीको टिम नया कपडा सहित कान्तेको घरमै पुगे । भाइको घरमा ननुहाइ बसेका भाइलाइ नुहाइदिन र खाने कुरा केहि नभएको कारण राहत लगेर सञ्चारकर्मी मोहन बस्नेत र बाबुराम पाण्डेय गएका थिए । यो देखेर थोरै भएपनि खुसी मिलेको उनले बताए ।

बाँकी भिडियोमा हेर्नुहोस

 

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय