भिरबाट लडेर मेरुदण्ड गुमाएका गुल्मीका जनकलाई बचाउ अभियान सुरु !

भिरबाट लडेर मेरुदण्ड गुमाएका गुल्मीका जनकलाई बचाउ अभियान सुरु !

देश दुनिया खबर
1 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी । गत महिना भिरबाट लडेर मेरुदण्ड गुमाएका एक जना युवाको उपचार्थ सहयोग अभियान सञ्चालन गरिएको छ । गुल्मीको मालिका गाउँपालिका–६ पुर्कोट दहका जनक नेपाली कंके देउरालीको भिरबाट लडेर मेरुदण्ड गुमाई भैरहवा मेडिकल कलेजमा भर्ना भएका छन् ।

उनको घरको आर्थिक अवस्था कम्जोर भएका कारण गाउँबासीले उनको उपचारका लागि सहयोग अभियान सञ्चालन गरेका हुन् । ‘जनक नेपाली बचाउन अभियान’ मार्फत घाईते नेपालीको जीवन रक्षार्थ सबैसँग सहयोगको अपिल गरिएको छ । नेपाली त्यस भेगका युवा समाजसेवी पनि हुन् ।

गम्भीर घाइते नेपालीले अस्पतालको शैयाबाट आफ्नो जीवन रक्षार्थ सबैसँग सहयोगको आग्रह गरेका छन् । उनलाई सहयोग गर्न चाहने महानुभवले सामाजिक सञ्चालमा जनक नेपाली बचाउ अभियान गुरुपमा म्याजेन्जरमा सम्पर्क राख्न सकिने छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय