गजल: चालिस कट्न थालिसकेँ, रमाउन आउ प्रिय

गजल: चालिस कट्न थालिसकेँ, रमाउन आउ प्रिय

देश दुनिया खबर
1 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

– कृष्णकला भण्डारी कँडेल

चालीस कट्न थालिसकेँ रमाउन आऊ प्रिय।
चिरिएका खस्रा हात समाउन आऊ प्रिय॥

बन्धकीको खेतबारी फर्काउन नसके नि।
दुइचार पैसा साहुको हात थमाउन आऊ प्रिय॥

कुह्यो खर, उम्र्यो झार तारामण्डल छानो भयो।
उधारेर जस्ता पाता जमाउन आऊ प्रिय॥

न जन्मदा थियौ यहाँ न त थियौ पास्नी हुँदा।
हुर्किएकी जेठी छोरी अन्माउन आऊ प्रिय॥

लाउँदिन यो सिक्री औँठी बेची रिन तिर्छु बरु।
अब आफ्नै पाखो जोती कमाउन आऊ प्रिय॥

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय