लघुकथा: समयको महत्व

लघुकथा: समयको महत्व

देश दुनिया खबर
2 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

– ‘अनिमेष’ निलम कुमार पौड्याल

“समयको महत्व “शीर्षकमा वक्तृत्वकलाको आयोजना गरियो। कार्यक्रमको आयोजना गरेको गाउँको क्लबले कार्यक्रममा माननीयसमेतलाई निमन्त्रणा गरेको थियो।

कार्यक्रमको समय निर्धारण बिहान ठिक दश बजे तोकिएको पत्र सम्बन्धित ठाँउमा पुगिसकेका थिए। सोही बमोजिम सहभागी बक्ताहरु दश बजे अगाबै आइपुगे। आयोजक भने मञ्च निर्माणका लागि बल्ल चौरमा ठ्याक – ठ्याक , ठुक – ठुक पार्दै किला ठोक्दै थिए। कतिले माइक्रोफोन घ्याइँघ्याइँ गराउदै थिए। यसो उसाे गर्दा गर्दै आयाजकले नै बाह्र बजाइदिए । प्रमुख अथितिलाई कुर्दा कुर्दै दुई बजिसक्यो। हतार हतार गर्र्दै माननीय पनि आइपुग्नु भयो। आयोजकले कार्यक्रमलाई अगाडी बढाएर वक्तालाई बोल्नका निम्ति ५ मिनेटको समय उपलब्ध गराए।

प्रमुख अथितिको रुपमा बोल्दै माननिय गोपिरमण उपाध्यायले विषयबस्तु भन्दा बाहिर उछिट्टिएर एक घण्टा लामो राजनितिक दर्शन छाँटे। उपस्थित कोहि कपाल कन्याउँदै थिए । कोहि हाई काड्दै थिए भने कोही उठेर पाईन्टकाे धुलाे टक्टक्याउन लागे त काेहि आङ तन्क्याउन थाले । माननियले सकेसम्म घण्टाै खाेकेर दुई शब्द यही अन्त्य गर्दछु भनेर भाषण समापन गरे र त्यहाँबाट बाटाे तताए। सहभागीहरु हातको घडी हेर्दै कार्यक्रम स्थल छोडेर बाहिरिन खाेज्दै थिए। यत्तिकैमा आयोजकले सहभागिहरुलाई रोक्दै खाने बस्ने प्रबन्ध मिलाउने कुरा राख्दै कार्यक्रम जसरी भएपनी सम्पन्न गरी जान आग्रह गरे। यसै बिचमा सहभागी मध्ये एक जनाले मुख फाेरे “तपाँईहरूले कार्यक्रम लम्वेतान पारेर अझै के काे टन्टो बेसाउन खोज्नु भएको ? समयको सबैभन्दा महत्वपुर्ण पाठ त आयोजक , बाेल्नेवक्ता र प्रमुख अथितिले दिई सक्नु भयो। यो भन्दा ठूलो कुरा अरु के चाहानुभएकाे हजुर? आयोजक यो कुरा सुनेर मुखामुख गरे।

२०७७ फाल्गुन २३ आइतबार

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय