गायक अर्जुन सापकोटाको ‘के जन्मिएँ खै?’ सार्वजनिक

गायक अर्जुन सापकोटाको ‘के जन्मिएँ खै?’ सार्वजनिक

देश दुनिया खबर
1 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गायक अर्जुन सापकोटाले नयाँ गीत सार्वजनिक गरेका छन्।

उनले बिहीबार बेलुका आफ्नो एकल स्वरमा ‘के जन्मिएँ खै?’ बोलको गीत सार्वजनिक गरेका हुन्।

तीजको अवसर पारेर उनले ल्याएको गीत रमाइलो खालको छ।

यसको भिडिओमा अर्जुन स्वयंले अभिनय तथा नृत्य गरेका छन्। साथमा शिवु पाण्डे, कविता न्यौपाने, दीपा सिंखडा, जुना विश्वकर्मा, दिपा शाही, रेकिशा खत्रीलगायतको अभिनय छ।

गीतको शब्द अर्जुन र हरि गिरी विमर्शीका हुन्। अर्जुनकै संगीत रहेको गीतलाई एरेन्जको काम एचबिएन किस्मतले गरेका छन्।

भिडिओको कुरा गर्दा मौसम हिमालीले यसको निर्देशन गरेका हुन्। दिनेश पराजुली र टिमको छायांकन रहेको भिडिओ सम्पादन मिलन विश्वकर्माले गरेका छन्।

अर्जुनले ‘दुःख साट्म्ला’ ल्याएको ९ महिनापछि नयाँ अफिसियल गीत सार्वजनिक गरेका हुन्।

https://youtube.com/watch?v=9kDB_k9UrHA%3Fsi%3DJ7BKblQmEve4E6Ll
Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय