ट्रम्पद्वारा मादुरोको तस्बिर सार्वजनिक, नयाँ सरकार नबनेसम्म भेनेजुएलामा अमेरिकाले शासन गर्ने

ट्रम्पद्वारा मादुरोको तस्बिर सार्वजनिक, नयाँ सरकार नबनेसम्म भेनेजुएलामा अमेरिकाले शासन गर्ने

देश दुनिया खबर
1 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरिएको दाबी गर्दै उनको तस्बिर सार्वजनिक गरेका छन्। ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत उक्त तस्बिर साझा गरेका हुन्।

मादुरोकी पत्नीसमेत पक्राउ गरिएको भनिए पनि तस्बिरमा भने उनी छैनन् । तस्बिरमा मादुरोले आँखामा लगाउने मास्क, खैरो ट्र्याकसुट र हेडफोन लगाएका छन् ।

मादुरोको तस्बिरसहित ट्रम्पले क्याप्सनमा लेखेका छन्, ‘निकोलस मादुरो यूएसएस इवो जिमा (युद्धपोत) मा ।’ घटनापछि ट्रम्पले फ्लोरिडामा पत्रकार सम्मेलन गरेका छन् ।

जहाँ उनले भने, ‘शक्तिको सुरक्षित, सही र समझदारीपूर्ण नयाँ सरकार नबनेसम्म भेनेजुएला संयुक्त राज्य अमेरिकाले चलाउनेछ ।’ यस क्रममा उनले अमेरिकी सेनाको प्रशंसा पनि गरे ।

ट्रम्पले भने, ‘तयार अवस्थामा भए पनि भेनेजुएलाको सेना पूर्ण रूपमा आत्तियो र चाँडै पराजित भयो ।’

उनले थपे, ‘अपरेसनका क्रममा कुनै पनि अमेरिकी सैनिक मारिएनन्, न त उनीहरूको हतियार वा उपकरणमा क्षति पुगेको छ ।’

ट्रम्पले अमेरिकाले ‘समुद्रबाट आउने ९७ प्रतिशत लागुपदार्थको ओसारपसार समाप्त पारेको’ दाबी गरेका छन् ।

यसअघि शनिबार ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई पक्राउ गरी देशबाहिर लगिएको बताएका थिए ।

यस्तै अमेरिकी महान्यायाधिवक्ता पामेला बोन्डीले अब उनीहरूविरुद्ध मुद्दा चलाइने घोषणा गरेकी थिइन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय