बालेनलाई ‘लि क्वान यु’ सँग तुलना, नेपाल १० वर्षमै सिंगापुर बन्ने स्वामी आनन्द अरुणको भविष्यवाणी

बालेनलाई ‘लि क्वान यु’ सँग तुलना, नेपाल १० वर्षमै सिंगापुर बन्ने स्वामी आनन्द अरुणको भविष्यवाणी

देश दुनिया खबर
1 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बोधिसत्व स्वामी आनन्द अरुणले नयाँ सरकार गठनसँगै नेपाल १० वर्षमै सिंगापुर जस्तै बन्ने सम्भावना रहेको भविष्यवाणी गर्नुभएको छ।

उहाँले प्रधानमन्त्री बालेन शाहलाई लि क्वान यु को प्रतीकका रूपमा चित्रण गर्दै नेतृत्वप्रति आशावादी धारणा व्यक्त गर्नुभएको छ।

विगतमा ढिलासुस्ती, भ्रष्टाचार र न्याय पाउन खर्च गर्नुपर्ने अवस्थाले निराशा बढेको भए पनि अहिले समय परिवर्तन भएको भन्दै उहाँले तीन करोड नेपालीको मनमा नयाँ आशा पलाएको पनि बताउनुभएको छ।
स्वामी अरुणले सिंगापुरको विकास उदाहरण प्रस्तुत गर्दै पानीसमेत मलेसियाबाट किन्ने अवस्थाबाट २०–२५ वर्षमै विकसित राष्ट्र बन्न सफल भएको स्मरण गर्नुभएको छ । नेपालसँग प्राकृतिक स्रोत र आध्यात्मिक सम्भावना पर्याप्त रहेको उल्लेख गर्दै उचित नीति र नेतृत्व भए छिटो समृद्धि सम्भव रहेको उहाँको भनाइ छ।

पर्यटनका सन्दर्भमा उहाँले करिब ४० लाख जनसंख्या भएको सिंगापुरमा वार्षिक दुई करोड पर्यटक आउने र ३ करोड ४० लाख जनसंख्या रहेको मलेसियाले सन् २०२६ मा ४ करोड ७० लाख पर्यटकको लक्ष्य राखेको उदाहरण दिनुभयो। नेपालमा भने आकर्षक गन्तव्य हुँदाहुँदै वार्षिक ११–१२ लाख मात्र पर्यटक आउनु दुर्भाग्यपूर्ण रहेको उहाँको टिप्पणी थियो।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय