बडिगाडका एक युवा जवरजस्तीकरणी आरोपमा पक्राउ !

बडिगाडका एक युवा जवरजस्तीकरणी आरोपमा पक्राउ !

देश दुनिया खबर
1 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सागर भण्डारी,गुल्मी । युवतीलाई जवरजस्तीकरणी गर्न खोजेको आरोपमा बाग्लुङको बडिगाड गाउँपालिकाका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

बडिगाड गाउँपालिका वडा नं ५ घर भई हाल गुल्मीको मुसिकोट नगरपालिका वडा नं ५ बस्दै आएका विकास आचार्यलाई जवरजस्तीकरणी गर्न खोजेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

२१ बर्षिय युवतीलाई एक्कासी पछाडीबाट गई संवेदनशिल अंग छाती र हातमा समाई कपडा खोल्ने प्रयास गर्दै जवरजस्ती करणी गर्न खोजेको भन्ने जाहेरीको आधारमा उनलाई मजुवाबाट पक्राउ गरिएको हो ।

घटनामा संलग्न आचार्यलाई नियन्त्रणमा लिई आईतबार गुल्मी जिल्ला अदालतबाट दिन ५ को म्याद थप गरी घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय