बडिगाड गाउँपालिकाबारे भ्रामक अडियो सन्देश फेसबुक भरी भाईरल !

बडिगाड गाउँपालिकाबारे भ्रामक अडियो सन्देश फेसबुक भरी भाईरल !

देश दुनिया खबर
3 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

जीवन पाण्डे,बाग्लुङ वैशाख २७ । तपाई बडिगाड गाउँपालिकाबासी हुनुहुन्छ र हाल रोजगारीका शिलशिलामा भारतमा हुनुहुन्छ भने स*चेत रहनुहोला । तपाईको फेसबुकमा एउटा अडियो सन्देश आउनसक्छ । त्यहाँ रहेका नेपालीहरुलाई गाउँपालिकाले उद्धार गर्दै छ भनेर । यदी त्यस्तो सन्देश आएको छ भने अरु कसैलाई नपठाउनुहोला । त्यो सन्देश फे*क हो । जबकी उक्त निर्णय सामाजिक सञ्जालमा सुनेपछि गाउँपालिका अध्यक्ष मेयरसिहं पाईजा आफै अचम्मित पर्नुभयो ।

बाग्लुङको बडिगाड गाउँपालिकाले भारतमा अ*लपत्र परेका पालिकाबासीहरुलाई उ*द्धार गर्न थालेको भन्दै अ*परिचित व्यक्तिले बनाएको फे*क सन्देश फेसबुक भरी भाईरल भएको छ । अ*परिचित पुरुष व्यक्तिको उक्त आवाजमा बडिगाड गाउँपालिकाले भारतमा रहेका नेपालीहरुलाई १५ दिन भित्र उद्धार गर्ने भन्दै स*नसनी फैलाईएको छ । उक्त आवाजमा बडीगाड गाउँपालिकामा पालिका स्तरीय बैठकबसी भारतमा अ*लपत्र परेका र नेपाल आउन चाहेकाहरुलाई १५ दिन भित्र नेपाल ल्याउने प्रयत्न भईरहेको भनिएको छ ।

त्यस्तै उनीहरुलाई २८ दिनसम्म अनिवार्य होम क्वारेन्टाईनमा राख्ने भनि ग*लत सन्देश बनाएर फेसबुक भरी भा*ईरल बनाईएको छ । उक्त फे*क सन्देश आवाजमा वडा नं ५ का वडाध्यक्ष अर्जुन प्रसाद खरेल लगायतको पहलमा उनीहरुलाई बडीगाडमा ल्याउन प्रयत्न गरिएको भन्ने ग*लत सुचना प्रवाह गरिएको छ । साथै १५ दिन भित्र नेपाल भित्र्याउन पहल भईरहेको र थानापति आधारभूत विद्यालयमा निर्माण गरिएको क्वारेन्टाईनमा राख्ने भनिएको छ । त्यस्तै गाउँपालिका अध्यक्ष मेयरसिहं पाईजाले भारतीय राजदुतावाससगं सम्पर्क गरी नेपाल ल्याउन प्रयत्न गरेको भन्दै ग*लत सुचना फेसबुक भरी भा*ईरल बनाईएको छ ।

यसबारेमा बडीगाड अनलाईनले अध्यक्ष पाईजासगं बुझ्दा उक्त आवाज बिल्कुलै ग*लत रहेको र गाउँपालिकाले कुनै पनि त्यस्तो निर्णय नगरेको प्रतिक्रिया दिनुभयो । स्थानीय सरकारले उद्धार गर्न खोजेपनि केन्द्र सरकारलेनै भारत लगायतका अन्य मुलुकमा रहेकाहरुको उद्धारका लागि कुनै योजना नबनाएको अवस्थामा एक्कासी सामाजिक सञ्जालमा गाउँपालिकालाई जोडेर आएको उक्त ग*लत सुचनाले अफ्ठ्यारो स्थिति सिर्जना गरेको उहाँले बताउनुभयो । साथै उहाँले त्यस्ता भ्र*ममा नपर्न र जहाँ हुनुहुन्छ त्यहाँ सुरक्षित रहन आग्रह पनि गर्नुभएको छ ।

उक्त ग*लत सुचना कहाँ कसले बनायो र अपवाह फैलायो भन्ने बारेमा अ*नुस*न्धान हुँदै गरेको र त्यस्ता व्यक्तिलाई सा*ईवर अ*पराध वि*रुद्ध मु*द्धा चलाईने र ह*दैसम्मको का*रबाही थालिने उहाँले बताउनुभयो । यसैपी*डामा रहेकाहरुलाई झन अझै पी*डा थप्ने काम गर्नेलाई ह*दैसम्मको का*रबाही गरिने उहाँको भनाई छ । त्यस्तै वडा नं ५ का वडाध्यक्ष अर्जुन प्रसाद खरेलले जिल्ला प्रशासन कार्यालय बाग्लुङले विदेशमा रहेकाहरुको तथ्याङ मागेको र त्यसको सकंलन गर्ने काम भईरहे पनि सामाजिक सञ्जालमा आए जस्तो कुनै पनि निर्णय नभएको र यस्तो हुनै नसक्ने बताउनुभयो ।

यस्तो छ अडियो सुन्नुहोस्

 

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय