बडिगाड गाउँपालिकाले भारतबाट आएकाको कोरोना परीक्षण शुरु गर्यो !

बडिगाड गाउँपालिकाले भारतबाट आएकाको कोरोना परीक्षण शुरु गर्यो !

देश दुनिया खबर
2 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ । वैदेशिक रोजगारीका लागि भारत पुगेर जिल्ला फर्किएकाहरुको कोरोना परीक्षण शुरु गरिएको छ । वैदेशिक रोजगारीका लागि भारतमा रहेका र बन्दाबन्दीले प्रभावित आफ्ना नागरिकहरुलाई यतिबेला गाउँपालिकाले उद्धार गर्दै दिनदिनै गाउँ भित्र्याएको छ  पालिकामा फकिएका बडिगाड गाउँपालिकाका स्थानीयको स्वास्थ्य परीक्षण गर्न लागिएको हो । भारतका विभिन्न स्थानबाट नेपाल फर्किने क्रममा सीमामा अलपत्र परेकाहरुलाई उद्दार गरेर जिल्ला पुर्याइएपछि कोरोना जाँच गर्न लागिएको हो ।
गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाका अनुसार गाउँपालिकाको वडा नं २ मा रहेको त्रिभुवन मावि र वडा नं ५ मा रहेको भानु माविमा निर्माण गरिएका क्वारेन्टाइनमा राखेर उनीहरुको कोरोना परीक्षण गरिने भएको छ । आइतबार त्रिभुवन माविमा राखिएका ६ जनाको पिसिआर परीक्षणका लागि स्वाव संकलन गरिएको छ । भारतबाट आएका सबैको पिसीआर परिक्षण गरिने र स्वाव सकंलनका लागि स्वास्थ्यकर्मीहरुलाई खटाईएको उहाँले बताउनुभयो ।
गाउँपालिकाले आइतबारसम्म भारतको विभिन्न राज्यबाट फर्केर सिमामा अलपत्र परेका ७६ पुरूष, ३ महिला र १ जना बच्चा गरी आइतबारसम्म ८० जनाको उद्वार गरिएको जनाएको छ । भारतबाट आउनेमध्ये बडिगाड गाउँपालिका वडा नम्बर १ का ३, वडा नम्बर २ का २, ३ का ११, ४ का १९, ५ का १५, ७ का १६, ८ का ९ र ९ का ५ जना रहेको ‘केस इन्भेष्टिगेशन एण्ड कन्ट्रयाक ट्रेसिङ’ का प्रमुख चुरामणी कँडेलले जानकारी दिनुभयो ।
हालसम्म भानु मावि र त्रिभुवन माविको क्वारेन्टाइनमा ४० ४० जना राखिएको र अब थपिने नागरिकलाई बुद्व मावि र भीमगिठे माविको क्वारेन्टाइनमा राख्ने तयारी अध्यक्ष पाइजाको भनाइ छ । उहाँका अनुसार आइतबार पनि झण्डै ३० जना पालिकामा भित्रिएका छन् । क्वारेन्टाइनमा बस्नेहरुका लागि गाउँपालिकाले गास र बासको व्यवस्था समेत गरिएको जनाएको छ । त्यस्तै, जिल्लामा भित्रिएका नागरिकको स्वास्थ्य परीक्षणबारे शनिबार बडिगाड, ढोरपाटन, निसी र तमानखोलाका प्रमुखबीच पनि छलफल भएको छ । छलफलमा आ आफ्नो स्थानीय तहका नागरिकको उद्वार तथा व्यवस्थापनमा ध्यान दिइने सहमति भएको बताइएको छ ।
साभार : जनता समाचार

 

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय