बागलुङ कारागारमा रहेका बडिगाडका एकजनाको सजाय मिनाहा !

बागलुङ कारागारमा रहेका बडिगाडका एकजनाको सजाय मिनाहा !

देश दुनिया खबर
1 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ : संविधान दिवसको अवसरमा विभिन्न कसुरमा कैद सजाय भोगिरहेका बागलुङका चार जनाको सजाय मिनाह भएको छ ।

गत मंगलबार मन्त्रिपरिषद्ले गरेको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुको सजाय मिनाहा गरेकी हुन् । कुटपिट तथा अंगभंग मुद्धामा दुई बर्षका लागि जेल सजाय पाएका जिल्लाको जैमिनी नगरपालिकाका श्रीप्रसाद थापा, ओमकार थापा र मनबहादुर थापाको सजाय मिनाहा भएको छ ।

उनीहरु जिल्ला अदालतको आदेशमा एक बर्ष पहिला जेल चलान भएका थिए । जिल्लाको बडिगाड गाउँपालिकाका जीत बहादुर बिकको पनि बाँकी सजाय मिनाहा भएको छ ।

सवारी ज्यान मुद्धामा एक बर्ष अघि दुई बर्षका लागि जेल चलान भएका बिक आधा मात्रै कैंद भुक्तानी गरेर छुटेको जिल्ला कारागार बागलुङका जेलर दिपेन्द्र पौडेलले बताए । ५० प्रतिशत सजाएँ भुक्तान भएकाहरुलाई कारागार, जिल्ला प्रशासन र गृह मन्त्रालयको सिफारीसमा बाँकी सजाएँ मिनाहा गरिएको हो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय