बाग्लुङमा चट्याङ एक घा*ईते २ भैँसी म*रे

बाग्लुङमा चट्याङ एक घा*ईते २ भैँसी म*रे

देश दुनिया खबर
1 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

जसिन्द्र श्रीपाली बागलुङ ,वैशाख २३ । बाग्लुङको तमान खोलामा चट्याङ्ले लागेर एक जना घा*ईते भएका छन् । तमानखोला गाउँपालिका वडा नं ४ लाम्मेलामा दिउसो १ बजे अबिरल वर्षा संगैको परेको चट्याङले स्थानीय खर बहादुर श्रीपाली घा*ईते हुनुभएको हो । चट्याङले सोही वडा निवासी दल बहादुर घर्तीको दुहुनो भैंसी र अर्का टीका बहादुर श्रीपाली (बाटे) को एक रांगाको समेत चट्याङ लागेर म*रेका छन् ।

खर्सुङ रुख नजिकै चरिरहेका ८/१० वटा भैंसी मध्ये २ वटा ठहरै परेका हुन् । साथै नजिकै घरमा बसिरहेका खर बहादुर श्रीपाली सामान्य घा*इते भएको र अहिले उनको अवस्था सामान्य रहेको वडाध्यक्ष उदिम बहादुर छन्त्यालले जानकारी दिनुभयो । चट्याङले ठुलो मानवीय क्षति नभएता पनि पशु चौपायामा असर गरेको उहाँको भनाई छ । खर बहादुर श्रीपाली करिब १० मिनेट अ*चेत रहनुभएको थियो । घट*नाबारे गाउँपालीका प्रशासनलाई जानकारी गराएको वडाध्यक्ष छन्त्यालले बताउनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय